News

कोरोना संक्रमित युवतीको मुख्यमन्त्रीसँग गुनासो ‘डाक्टर भेट्नै आएनन्’

काठमाडौँ – धौलागिरी अस्पतालमा उपचाररत १९ वर्षीय कोरोना संक्रमित युवतीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग डाक्टरहरु उपचारमै नआएको गुनासो गरेकी छन् ।

बागलुङकी ती युवतीले बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग टेलिफोन कुराकानीमा डाक्टरहरु फोनमा मात्रै संवादमा रहेको तर उपचारमा नआएको गुनासो गरेकी हुन् ।

मुख्यमन्त्री गुरुङले युवतीलाई आश्वस्त पार्दै आत्मवल दह्रो बनाएर अस्पतालमै बस्न सुझाएका छन् ।मुख्यमन्त्री गुरुङले झोलिलो कुरा खान तथा पटक/पटक तातोपानी पिउन सुझाव दिदै डाक्टरले उपचारमा किन नगएको भनि बुझ्ने र प्रभावकारी उपचारको व्यवस्था गर्ने आश्वासन दिएका छन् ।

बेल्जियमबाट कतार हुँदै काठमाडौंबाट बाग्लुङ पुगेपछि परीक्षणको क्रममा ती युवतीमा कोरोना संक्रमण देखिएको थियो ।उनीसँगै आएकी बागलुङकै अर्की महिलामा पनि कोरोना संक्रमण देखिएपछि दुबै जनाको अहिले धौलागिरी अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

Related Articles

Back to top button
Close