Entertainment

श्रीमान बिदेशमा यता वडाध्यक्षसंग कार्यालयमै अ’श्लि’ल हर्कत गर्ने दुवै रंगेहात पक्राउ(भिडियो सहित)

सल्यान । त्रिवेणी गाउँपालिकाको वडा कार्यालयमै अ’श्लिल हर्कत भएको छ । वडा ४ को कार्यालयमा अ’श्लिल कार्य भएको हो । परस्त्रीसँग अ’श्लिल कार्य गरेको आरोपमा वडाध्यक्ष छविलाल शर्मा पक्राउ परेका छन् ।

बासिन्दाले वडाध्यक्ष शर्मालाई परस्त्रीसँग अ’श्लिल कार्य गरेको अवस्थामै समातेर प्रहरीलाई बुझाएका हुन् । स्रोतका अनुसार वडाध्यक्ष शर्माले श्रीमान विदेश रहेका ती महिलासँग लामो समयदेखि अवैध सम्बन्ध राख्दै आएका थिए । वडाध्यक्ष शर्माले बिहीबार राति ती घरबाट मोटरसाइकलमा राखेर लगेपछि स्थानीयले पिच्छा गरे । शर्माले ती महिलालाई राति वडा कार्यालय पुर्याए ।


अनि उनीहरुबीच अ श्लिल कार्य हुन थाल्यो ।स्थानीयले त्यहीबेला दुवैजना बसेको कोठामा बाहिरबाट चुक्कुल लगाएर प्रहरीलाई खबर गरेका थिए ।उनीमाथि वडा कार्यालयमै यौ नजन्य क्रियाकलाप गरेको भन्दै मुद्दा अघि बढाएको डीएसपी ढकेन्द्र खतिवडाले बताए ।

फाइल तस्विर,त्रिवेणी गाउँपालका–४ का वडाध्यक्ष छविलाल शर्मा लुहाममा बस्छन् । श्रीमती र दुई छोरासँग लुहाममा बस्दै आएका वडाध्यक्षका बा–आमा भने फलाबाङमा बस्छन् । लामो समयदेखि लुहाम बजारमा खाद्यन्न, किराना, गल्लाको व्यापार गर्दै आएका शर्मालाई नेपाली काँग्रेस सल्यानले स्थानीय तहको निर्वाचनमा टिकट दिएपछि वडाध्यक्षमा बाजी मारेका थिए ।

असार १७ गते घटना हुनको दिन राती उनी फलाबाङमा रहेका बा–आमालाई भेट्ने भन्दै केरा लिएर हिँडेको पारिवारिक स्रोतले बताएको छ । सार्वजनिक पदधारण गरेको व्यक्तिले खुलेआम वडा कार्यालयमै यौ नजन्य क्रियाकलाप मच्चाउँदा कारबाही गर्नुको साटो प्रहरीले उल्टै छाडेको भन्दै आन्दोलनमा उत्रिनुपरेको ४ नम्बर वडा सदस्य सीता बस्नेतले जानकारी दिइन् ।

स्थानीयले ४ नम्बर वडा कार्यालयमा तालाबन्दी गर्नुका साथै घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय लुहाममा सयौंको संख्यामा स्थानीय पुगेर दबाब समेत दिएका छन् । अध्यक्षको राजीनामा र कारबाही नहुँदासम्म वडा कार्यालयमा लगाएको ताला नखोल्ने स्थानीयले बताएका छन् । त्रिवेणी गाउँपालिका अध्यक्ष मानबाहादुर डाँगीले जनताका जनप्रतिनिधी राती १२ बजे पनि कसैको घर जान पाउने भन्दै घटनाको बचाउन गरेका छन् ।

‘जनताका जनप्रतिनिधि दुःख बिमारी पर्दा राती १२ बजे पनि कसैको घरमा जान पाउँछन् । गाउँपालिका अध्यक्ष डाँगीले भने– ‘वडाध्यक्ष कसैको घरमा त गएका छैनन् । वडा कार्यालयममा कुनै मान्छे सहयोग माग्न आउँदा अरुलाई किन आपत्ति ?’ घटनाको पिडित मान्छे अहिलेसम्म आफूले नभेटाएको भन्दै नेकपाले नै यसलाई मुद्दा गराएको आरोप अध्यक्ष डाँगीले लगाए । अध्यक्ष डाँगी विभिन्न व्यक्तिले लेखेको स्टाटसमा पनि झुरिएका छन् ।

Related Articles

Back to top button
Close