News

मुगुको रातपानीमा भारत सरकारले बनाइदियो क्याम्पस

काठमाडौँ : नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत ३५.११ लाख लागतमा मुगु जिल्लास्थित रातापानीमा निर्माण गरिएको महादेव मस्त चतुर्देव क्याम्पसको निर्माण कार्य सम्पन्न भएको छ ।

प्रशासनिक तथा शैक्षिक भवनको औपचारिक उद्घाटन गाउँ विकास परिषद्, विद्यालय व्यवस्थापन समिति र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिहरुले आइतबार भिडियो कन्फरेन्स मार्फत गरेका छन् ।

सन् २००७ मा स्थापना भएको यस क्याम्पस समुदायको स्वामित्वको शैक्षिक संस्थान हो । विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट स्वीकृति प्राप्त सो क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्घ रहेको छ । क्याम्पसले चार वर्षे स्नातक तहको पठनपाठन सञ्चालन गरेको छ । हुम्ला र बाजुरा लगायत २४ भन्दा बढी गाउँका विद्यार्थीहरु अध्ययनरत यस क्याम्पसमा योग्य विद्यार्थीहरुका लागि विविध छात्रवृत्तिको व्यवस्था पनि छ ।

नयाँ प्रशासकीय तथा शैक्षिक भवन निर्माणको कार्यान्वयन जिल्ला समन्वय समितिले गरेको हो । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

Related Articles

Back to top button
Close