News

साउदीबाट काभ्रे फर्किएका दुई युवामा कोरोना पुष्टि

काभ्रे काभ्रेका बिदेशबाट आएका पाँचखाल नगरपालिकामा र मण्डनदेउपुर नगरपालिकामा एक एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । पाँचखाल नगरपालिका वडा नं १० का साउदीबाट आएका युवामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनि असार ८ गते साउदी अरबबाट पाँचखाल आईपुगेका थिए ।

साउदीवाट आएर पाँचखालमा रहेको क्वारेन्टाईनमा बसिरहेका २३ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको पाँचखाल नगरपालिका प्रेस संयोजक कपिल कोईरालाले काभ्रे हेडलाईनलाई जानकारी दिए । क्वारेन्टाईनमा बसिरहेका कोरोना संक्रमण पुष्टि भएका पुरुष थप उपचारको लागि काठमण्डौ टेकु अस्पताल नगरपालिकाले ब्यवस्थापन गरेर पठाई सकेको प्रेस संयोजक कोईरालाले काभ्रे हेडलाईनलाई टेलिफोनमा जानकारी दिए ।
त्यसैगरी मण्डनदेउपुर नगरपालिका ९ का साउदीवाट फर्किएका एक २७ बर्षिय पुरुषमा पनि कोरोना संक्रमणको पुष्टी भएको छ । उनि आसर महिनामा साउदीबाट मण्डन आएर क्वारेन्टाईनमा बसिरहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा साउदी बाट आएर क्वारेन्टाईनमा बसिरहेका युवाहरुमा शुक्रबार धुलिखेल अस्पतालमा पीसीआर परिक्षण गर्दा कोरोना भएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ । दुई जनालाई थप उपचारको लागि काठमण्डौ पठाईसकेकाछन् । जिल्लामा कोरोना संक्रमण शुक्रबार सम्ममा २० जनामा देखिएको छ । १० जनाको थप उपचारपछि कोरोना निको भएर घर फर्किसकेकाछन् । १० कोरोना संक्रमितहरुको बिभिन्न ठाउँहरुमा उपचार भईरहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

Related Articles

Back to top button
Close