Entertainment
अस्पतालको काम सकेर बिरामीलाई धुन सुनाउने नर्स
दक्षिण अमेरिकी देश चिलीमा कोरोना भाइरस संक्रमणका कारण गम्भीर बिरामी भएकाहरूको उपचारमा खटिएकी एक नर्स आफ्नो नियमित काम सकेर उनीहरूलाई मनोरञ्जन प्रदान गर्न सङ्गीत सुनाउँछिन् । उनी प्रेम र आशाको सन्देश प्रवाह गर्न भायोलिनमा ल्याटिन गीतहरूको धुन बजाउँछिन् ।
‘म यो काम मेरो हृदयदेखि नै गर्छु र यसबाट थोरै प्रेम, आस्था र आशा प्रस्तुत गरिरहेकी छु, जुन सम्भवत संगीतभन्दा वढी छ, उनले भनिन् । यो केवल गीत मात्र हैन, म जति पटक बजाउँछु हृदयदेखि नै बजाउँछु ।
यसरी आफ्नो काम सकेपछि उनी हप्ताको दुई दिन बिरामीको लागि समय निकाल्ने गर्छिन् । उनका अनुुसार संगीतले बिरामीको अनुहारमा मुस्कान ल्याउँछ।
चीलीमा तीन लाख भन्दा वढीमा कारोना संक्रमण पुष्टि भएको छ ।