News

पुरानै भाडादरमा आजदेखि सुन्दरका बिजुली बसले सेवा थाल्यो…

बिजुलीबाट संचालित सुन्दर यातायातका बसहरुर आजदेखि पुरानै भाडादरमा बस सेवा संचालनमा आउने भएको छ । कोरोनाको महामारीबीच सुन्दर यातायात प्रालिले काठमाडौं उपत्यकाका विभन्नि स्थानका लागि यातायात सेवा दिने भएको हो ।

सरकारले साझा यातायातहरुलाई अधा यात्रु बोकेर ५० प्रतिशत भाडा बढाएर संचालन गर्न अनुमति दिएका बेला सुन्दर यातायातले भने पुरानै भाडामा यातायात सेवा दिने भएको हो । सुन्दर यातायातले पहिलेदेखि नै यात्रुको ज्वरो परीक्षण गराउँदै आएको थियो।

यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गरिने प्रालिले जनाएको छ। चालक र सहचालकलाई पञ्जा, स्यानिटाइजर, पीपीई, बुट र मास्कको व्यवस्था गरी बस सेवा सञ्चालन गर्ने पनि योजना छ।

सोमबारबाटै केही कम्पनीका बसहरु संचालनमा आएका छन् । साझा यातायातका अन्य बसहरु उल्लेखनिय रूपमा संचालनमा आएका छैनन् ।[][]

Related Articles

Back to top button
Close