News

सडकमा खसेका थिए हजारौं रुपैयाँका नोट, मानिसहरुले टिप्न डराएर प्रहरीलाई बोलाए

काठमाडौं

विश्वभर कोरोनाभाइरसको ज्ञास बढिरहेका बेला मानिसहरु अहिले यतिसम्म डराएका छन् कि पहिले सडकमा खसेका १–२ रुपैयाँका सिक्कासमेत टिप्ने मानिसहरुले अहिले हजारौं रुपैयाँ पनि टिप्न डराइरहेका छन् र यस्तै घटना भारतको राजधानी दिल्लीमा भयो । आज तकको समाचार अनुसार दिल्लीको द्वारका सेक्टर ४ मा २ हजार र ५ सय रुपैयाँका नोटहरु सडकमा खसेका थिए तर मानिसहरुले टिपेनन् ।

पहिले पुलिस स्टेशन नजिकै ५ सयका ३ नोट भेटेको थियो । बिहीबार बुद्ध बिहारमा २ हजार दरका केही नोट सडकमा भेटिए । स्थानीयले सडकमा पैसा त देखे तर उनहिरुले ती नोट टिप्ने हिम्मत गर्न सकेनन् ।

नोटबाट कोरोनाभाइरस संक्रमण फैलिने डरले उनीहरुले पुलिसलाई फोन गरे । पुलिसले घटनास्थल गएर अनुसन्धान गरिरहेका बेला पैसा खसाल्ने व्यक्ति पैसा खोज्दै आइपुगे । त्यहाँ नजिकै एटिएम थियो र ती व्यक्तिले एटिएमबाट पैसा निकालेपछि अल्तीमा राख्ने क्रममा झुक्किएर खसालेका थए ।

Related Articles

Back to top button
Close