News

वैज्ञानिक एन्थनी फाउचीको चेतावनी : अब संसार कोरोनाबाट पूरै मुक्त हुन सक्दैन !

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको रोकथामका लागि बनाईएको टास्कफोर्समा सामेल रहेका डाक्टर एन्थनी फाउचीले विश्व अब सायद कहिल्यै कोरोना भाइरसको खतराबाट पूरारुपमा राहतको श्वास फेर्न नसक्ने बताएका छन् ।

उनले भने, ‘कोरोना भाइरसको खतरा कम भएपछि बिस्तारैबिस्तारै हामी एक समाजको रुपमा सक्रिय हुन्छौँ, तर तपाईलाई यदि कोरोना भाइरस आउनु पूर्वको जस्तो महोल हुन्छ भन्ने तपाईलाई लाग्छ भने त्यो सरासर झुटो छ, त्यो अब कहिल्यै सायद नहुन सक्छ ।’

फाउचीले भने, ‘केहि थ्यौरी र भ्याक्सिनमा काम भईरहेको छ, जसका कारण विश्वास गर्न सकिन्छ कि, हामी अहिलेको यो भयावह स्थितिमा फेरी दोहोर्याएर फर्किदैँनौँ ।’

नेशनल इन्स्टिट्यूट अफ हेल्थमा संक्रामक बिरामीहरुका एक्सपर्ट्स डा. एन्थनी फाउचीलेले भने, यदि भ्याक्सिन विकसित भयो भने पनि भाइरस पहिलेको जस्तो सामान्य स्थितिमा फर्किदैन, किनभने त्यसको खतरा रहिरहेको हुन्छ ।

यो भन्दा पहिला पनि फाउचीले एक बयानमा भनेका थिए, कोरोना भाइरसको संक्रमण हरेक वर्ष सिजनल बिरामीहरुको रुपमा फेरी देखिन सक्छ ।

अमेरिकी विशेषज्ञका अनुसार, यस वर्ष पूरा पृथ्वीबाट भाइरस नष्ट गर्न असम्भव छ । यसको मतलव यो हो कि, आउने फ्लू सिजनमा कोरोनाको संक्रमण फेरी महामारीको रुपमा फैलिन सक्छ ।

Related Articles

Back to top button
Close