Video

श्रीमान प्रहरीको जागिरे डिउटीमा, घरमा २ बर्ष देखि प्रेमी ल्याएर दिक्षाले गर्थिन अनैतिक काम

धरान । श्रीमतीले धोका दिएपछि देहत्याग गरेका भनिएका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाको श्रीमती र उनको प्रेमी विरुद्ध मुद्दा दायर भएको छ । जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकर राईका अंगरक्षक प्रहरी हवल्दा खतिवडाले देहत्याग गरेका थिए । प्रहरीले खतिवडाको श्रीमती दीक्षा खतिवडा र उनका प्रेमी भनिएका विशाल तामाङ विरुद्ध मुद्दा दर्ता गरेको हो ।

परिवारका सदस्यले उनको निधनमा श्रीमतीकै कारण देहत्याग गरेको आरोप लगाएका थिए । प्रहरीले दुवैजनालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानवाट उनीहरु दोषी देखिएपछि मुद्दा दायर गरेको हो ।

हबल्दार खतिवडाले देहत्याग गर्नुको कारण श्रीमती दीक्षा र विशालबीचको अ’वैध स’म्बन्ध रहेको प्रहरी अनुसन्धानवाट खुलासा भएको छ। खतिवडाको श्रीमती दिक्षाको उर्लावारी–९ का विशाल संग दुईवर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानवाट खुलेको हो । श्रीमतीको अ’वैध सम्बन्ध थाहा पाएका प्रहरी खतिवडाले त्यसैको पी’डा सहन नसकेर देहत्याग गरेको देखिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताएका छन् । उनीहरु बिरुद्ध देहत्याग गर्न बा’ध्य पारिएको सम्बन्धि मु द्दा दर्ता गरेर कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

अभियोगमा पक्राउ परेका उनकी श्रीमती दिक्षा र प्रेमी विशाल तामाङ। तस्बिर : रत्नप्रसाद आचार्य- अन्नपूर्ण
हवल्दार खतिवडाले गत असार १६ गते राति जिल्ला अदालत सुनसरीको छतमा देहत्याग गरेका थिए ।

प्रहरीका अनुसार, ‘मृतक खतिवडालाई पहिले देखि नै आफ्नो श्रीमती अरुसँग लागेको शंका गर्दै आएका थिए । श्रीमती दीक्षा र विशालकै कारण उनी डि प्रेसनमा पुगेका थिए ।’ कल डिटेल अनुसार देहत्याग गरेको समयमा उनले श्रीमतीलाई र विशाललाई फोन गर्दा लामो समय दुबैको मोबाइल व्यस्त भएपछि डि प्रेसन र आवेशमा आएर आफैले देहत्याग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।देहत्याग दु’रुत्साहन आरोपमा पक्राउ परेका विशाल तामाङ खतिवडाकै छिमेकी हुन् ।

आफैँला’ई गो ली हा न्नु अघि ओम प्रकाशले दीक्षालाई पनि फोन गरेको र विशाललाई पनि फोन गरेर मेरो जिन्दगी ब’र्बाद पारिस श्रीमतीलाई लगर राम्रोसँग पाल भनेका थिए । श्रीमती दिक्षाको तामाङसँग सम्बन्ध रहेको थाहा पाएपछि ओमप्रकाशले बारम्बार सम्झाएको पनि अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । प्रहरीसंगको बयानमा पनि दुवै जनाले आफुहरुको प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन् । उनीहरुबीच शारिरीक स’म्बन्ध पनि रहेको प्रहरी सामु स्वीकार गरेको प्रहरीले जनाएका छन् ।

सुनसरी जिल्ला अदालतका एक न्यायाधीशको सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाको देहत्याग घटनाले नयाँ मोड लिएको छ । उनले यस्तो निर्णय गर्नुका पछाडीको पाटा खुल्दै जान थालेका छन् । मोरङको उर्लाबारी–९ राजघाटका हवल्दार खतिवडाले देहत्याग गरेका थिए । उनका दाई , दिदी लगायत परिवारका सदस्यले घटनाको कारणवारे अचम्म लाग्दो वयान दिएका छन् । श्रीमानले देहत्याग गरेको घटना सुनाउन जाँदा उनको श्रीमतीले अनौठो कुरा भनेकी थिइन् ।

 

 

Related Articles

Back to top button
Close