Entertainment

के राम हाम्रा ज्वाईं होइनन्, यो जानकारी पढेर आफ्नो विचार राख्नुहोस्…

राम जन्मभूमि यतिबेला निकै चर्चामा रहेको विषय हो। बितेका केही दिनमा सबैभन्दा धेरै पटक रेडियोमा सुनिएको, टेलिभिजनका पर्दाहरूमा देखिएको र पत्रपत्रिकामा पढिएको वाक्य हो- राम हाम्रा ज्वाईं होइनन्। यो वाक्य केही वर्ष अगाडि मैले आफ्नो फेसबुकमा पोस्ट गरेको थिएँ। ट्विटरमा पनि राखेको थिएँ। त्यसको पुष्टिमा केही महत्त्वपूर्ण आधारहरू पनि उल्लेख गरेको थिएँ। त्यो बेला अधिकांश मित्रहरूले मेरो पोस्टलाई लाइक, कमेन्ट र शेयर गर्नुभएको थियो र पनि उति उचाइ पाएको थिएन जति उचाइ भानुजयन्तीका अवसरमा प्रधानमन्त्रीले ‘राम हाम्रा ज्वाईं होइनन्’ भनेर बोलिदिँदा पाइरहेको छ।

राम हाम्रा ज्वाईं नभएको विषयमा पुनः केही कुरा यहाँ राख्न चाहन्छु। विद्यमान जनकपुरलाई सीताको जन्मभूमिका रूपमा कसैले पनि सन्देह गरेको देखिँदैन। विश्वभरि नै जनकपुर सीताको जन्मभूमिका रूपमा प्रसिद्ध छ। ऐतिहासिक स्थानहरूको खोजी गर्दा सबैले मानिआएको स्थानलाई प्रमुख आधार मानेर अगाडि बढ्नुपर्ने हुन्छ। यो हिसाबले जनकपुर एउटा बलियो आधार हो।

जनकपुरदेखि इण्डियाको विवादित अयोध्याको बाटाको दूरी करीब ५२० किमी छ भने चितवन माडीको अयोध्यापुरीसम्मको दूरी करीब २ सय किमी छ। उतिबेलाका मानिसहरू पनि यतिबेलाकै जत्रा थिए र पैदल हिँड्दा सरदर अहिलेकै मानिसले पार गर्ने दूरी पार गर्थे भन्ने तथ्य रामायण पढ्दा थाहा हुन्छ। रामायणमा दूरी नाप्ने इकाइ योजन भएको बुझिन्छ। योजनको मापो यति नै हो भन्ने विषयमा केही अन्योल भए पनि करीब १२ किमी भएको कुरामा धेरैले समर्थन जनाएका छन्। त्यो हिसाबले हेर्दा र रामायणका विभिन्न प्रसङ्गहरू कोट्याउँदा तेतिबेलाका मानिसले दिनभरिमा सरदर ६० किलोमिटर हिँड्दा रहेछन् भन्ने देखिन्छ।

वाल्मीकि रामायणको बालकाण्डको उनान्सत्तरियौं सर्गको सातौं श्लोकमा यसरी भनिएको छ-गत्वा चतुरहं मार्गं विदेहानभ्युपेयिवान्।राजा तु जनकः श्रीमान्श्रुत्वा पूजामकल्पयत्।।१.६९.७।।अर्थात् अयोध्याबाट चार दिनको बाटो पार गरेर विदेह पुगेको जन्तीलाई राजा जनकले भव्य स्वागत गरे।यस्तोमा जन्ती कुन गतिमा हिँडेको थियो भन्ने जान्नु आवश्यक छ। रामायणमै सीतासँग विवाहका लागि राजा दशरथले चतुरङ्गिणी सेनासहित जन्ती लिएर हिँडेको वर्णन गरिएको छ। जन्तीका सम्बन्धमा वाल्मीकि रामायणकै १.६९.३ मा राजा दशरथले सुमन्त्रलाई आदेश दिएका छन्-

चतुरङ्गं बलं चापि शीघ्रं निर्यातु सर्वशः ।ममाज्ञासमकालं च यानयुग्यमनुत्तमम् ।।अर्थात् चतुरङ्गिणी सेनाका साथ सुन्दर पालकी सजिएका रथहरु समेत जन्तीका रूपमा यहाँबाट चाँडै नै हिँडाउनु पर्‍यो- राजा दशरथ।हात्ती, घोडा, रथ र पैदल गरी चार प्रकारका सेनालाई चतुरङ्गिणी सेना भनिन्छ। यो श्लोक तथा सँगैका अन्य श्लोकहरू पढ्दा चतुरङ्गिणी सेनासहित ऋषिमहर्षिहरूलाई पनि जन्तीका रूपमा अयोध्याबाट जनकपुर लगेको बुझिन्छ। जन्ती पैदल सैनिकसँगै पैदल गतिमै अगाडि बढेको वर्णन रामायणमा छ।

दैनिक ६० किमीको हिसाबले चार दिनको २४० किलोमिटर हुन्छ। अर्थात् जनकपुरदेखि अयोध्याबीचको दूरी २४० किमी। जुन वर्तमान चितवनको अयोध्यापुरीसँग धेरै नजिक हुन आउँछ। उतिबेलाको बाटो अहिलेको जस्तो सीधा नभएर घुमाउरो पनि हुन सक्छ। तर फैजावादस्थित वि वादित अयोध्यासँग यो दूरी कत्ति पनि मेल खाँदैन।यसका आधारमा हामीले जनकपुरदेखि अयोध्याको दूरीका विषयमा करीब करीब यति नै हुनुपर्छ भनेर अन्दाज गर्न सक्छौं। दैनिक ६० किमीको हिसाबले चार दिनको २४० किलोमिटर हुन्छ। अर्थात् जनकपुरदेखि अयोध्याबीचको दूरी २४० किमी। जुन वर्तमान चितवनको अयोध्यापुरीसँग धेरै नजिक हुन आउँछ। उतिबेलाको बाटो अहिलेको जस्तो सीधा नभएर घुमाउरो पनि हुन सक्छ। तर फैजावादस्थित विवादित अयोध्यासँग यो दूरी कत्ति पनि मेल खाँदैन।

अनि अर्को कुरा यसरी अयोध्याबाट जन्ती लिएर विदेह अर्थात् जनकपुर जाँदा बाटोमा वाल्मीकि आश्रम परेको कुरा पनि कुनै रामायणमा उल्लेख छैन। यदि अहिलेको विवादित इण्डियास्थित अयोध्यालाई राम जन्मभूमि मान्ने हो भने त्यहाँबाट जनकपुर जाँदा बाटोमा वाल्मीकि आश्रम पर्नुपर्ने हो। रामायणमध्ये सबैभन्दा विश्वसनीय र धेरैले मानिआएको रामायणका रूपमा वाल्मीकि रामायणलाई लिइन्छ। अन्य रामायणहरूमा अद्भुत रामायण, उत्तर रामायण, अध्यात्म रामायण तथा रामचरितमानस पनि प्रसिद्ध छन्।कतिपय पुराणहरूमा पनि रामसँग सम्बन्धित कथाहरू पढ्न पाइन्छ। कुनै पनि रामायणमा अयोध्या र जनकपुरका बीचमा वाल्मीकि आश्रमको उल्लेख नहुनुले अहिले सबैले विश्वास गरी आएको वाल्मीकि आश्रम भन्दा पश्चिममा रामजन्मभूमि नभएको प्रष्ट हुन्छ। यो कुरालाई थप पुष्टि गर्न चाहिने मुख्य साधन भनेकै रामका बारेमा लेखिएका पौराणिक ग्रन्थहरू हुन्।

यसरी जन्ती जनकपुर पुगेपछि मंसीरको शुक्लपञ्चमीको दिनमा सीतासँग अयोध्याका रामको विवाह भएको वर्णन छ। त्यो दिनलाई आज पनि हामी विवाहपञ्चमीका रूपमा मनाउँदै आएका छौं। सीता जनकपुरकी छोरी भएकीले र राम भारतको फैजावाद नजिक रहेको अयोध्याका बासिन्दा हुन् भन्ने भ्रम मनमा रहेकाले हामीले रामलाई ज्वाईं ठान्दै आएको अवस्था विद्यमान भएको हो। तर माथि उल्लेख गरिएका शास्त्रीय प्रमाणहरूले यो कुरा सत्य होइन भन्नेतर्फ संकेत मात्रै गर्दैनन्, बलियो आधार समेत प्रस्तुत गर्दछन्।

Related Articles

Back to top button
Close