News

विदेशमा अलपत्र हुनुहन्छ ? यसरी लिनुस् सरकारबाट निःशुल्क टिकट

४ साउन, काठमाडौं । तपाईं दूतावासहरुले प्राथमिकताको सूचीमा राखेर पनि तपाईं चार्टर्ड उडानको टिकट किन्ने खर्च नपाएर अलपत्र पर्नुभएको छ ?  तुरुन्तै दूतावासमा एउटा निवेदन दिएमा अब विदेशमा बेर्खची भएका श्रमिकलाई सरकारी खर्चमा उद्धार गरिने सरकारले बताएको छ ।

निर्देशिका जारी गर्दै सरकारले एक विदेशमा अलपत्र नेपालीको उद्धार प्रक्रिया सुरु गरेको हो । कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली श्रमिकको उद्धार गरी स्वदेश फिर्ता गर्ने सम्बन्धी निर्देशिकाले टिकट काटेर नेपाल फर्किन नसक्नेहरुको उद्धार गर्न बाटो खोलेको छ ।

अब सम्बन्धित गन्तव्य मुलुकको सरकार, रोजगारदाता, रोजगारीमा पठाउने इजाजतपत्रवाला वा अन्य स्रोतबाट समेत नेपाल फिर्ताको लागि हवाई टिकट र विमानस्थलबाट सम्बन्धित क्वारान्टिनसम्म पुर्‍याउन लाग्ने खर्च नभएका श्रमिकले टिकटसहितको सुविधा पाउने श्रम मन्त्रालयका सहसचिव एवम् प्रवक्ता सुमन घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

यस्तो छ उद्धार प्रक्रिया

रोजगारीको प्रकृति, विदेशको आर्जन र अन्य स्रोत समेतका आधारमा आफ्नै खर्चमा स्वदेश र्फकन नसक्ने अवस्थाका श्रमिकलाई सरकारले टिकटसहित क्वारिन्टिसम्म लैजाने खर्च उपलब्ध गराउनेछ  । थुनामा परी आममाफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका श्रमिकलाई समेत कोषको रकम खर्च गरी उद्धार गरी स्वदेश फिर्ता गरिने भएको छ ।

सम्बन्धित गन्तव्य मुलुकको सरकार, रोजगारदाता, रोजगारीमा पठाउने इजाजतपत्रवाला वा अन्य स्रोतबाट स्वदेश फिर्ताको लागि आंशिक सहयोग प्राप्त भएकोमा त्यस्तो श्रमिकलाई स्वदेश फिर्ता हुन लाग्ने हवाई टिकट खर्चमा नपुग भएको रकमसम्म कोषबाट व्यहोर्न व्यवस्था पनि गरिएको छ ।

अब अलपत्र परेका श्रमिकले स्वदेश फिर्ताको लागि तोकएकिो ढाँचामा सम्बन्धित कूटनीतिक नियोगमा निवेदन दिनुपर्नेछ । नियोगले इजाजतपत्र प्राप्त संस्था मार्फत वैदेशिक रोजगारीमा गएका श्रमिकको हकमा त्यस्तो म्यानपावर कम्पनीमा सोको जानकारी पठाउनेछ ।

Related Articles

Back to top button
Close