News

अविरल वर्षाका कारण दार्चुलामा पहिरोमा पुरिएर आमा–छोरीको मृत्यु

 

५ साउन, कैलाली । पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु भएको छ ।

जिल्लाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

घटना अविरल वर्षाका कारण पहिरोले घर भत्किदा भएको हो,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले भने, ‘परिवारका अन्य सदस्य सकुशल छन् ।’

गएराति घरमाथिबाट आएको पहिरोले घर भत्किएपछि उनीहरु पुरिएका उनले बताए ।

सोही क्षेत्रमा केही घाइतेसमेत भएको उनले जानकारी दिए ।

 

 

 

 

 

 

आज मोटरसाइकल दुर्घटनामा परि एक जनाको निधन भएको छ । काठमाण्डौ देखि नुवाकोट जाँदै गरेको मोटरसाइकल दुर्घ’टना हुँदा उक्त मोटरसाइकलमा सवार दुइ मध्य एक जना पुरुषको निधन भएको छ भने महिला घाइते भएकी छन् ।

काठमाण्डौ देखि नुवाकोट आफ्नो ससुराली जान लागेको र बीच बाटोमा दुर्घटना हुँदा भेनाजुको निधन र साली घाइते भएको खुलेको छ ।दैलेख नौमुले गाउँपालिका चौराठा मलु दह निवासी मिलन थापाको घटनास्थलमै निधन भएको हो । बाटोमा जाँदा मोटरसाइकल दु’र्घटना भै आफु तल खसेको तर पछाडी बसेकी साली रुखमा अड्किएर बच्न सफल भएकी छन् । दुर्घ’टना पछि सालीले नै

आफन्तलाई खबर गरेको समाचार प्राप्त भएको छ । घाइते भएकी युवतीको अहिले अस्पतालमा उपचार भैरहेको छ ।मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने थापा प्रहरीमा कार्यकर्त थिए । आफन्तका अनुसार थापा ३ बर्ष देखि प्रहरीमा कार्यरत रहेको आफन्तले जनाएका छन् ।

दुर्घटना कसरि भयो भन्ने बारे थाहा हुन् सकेको छैन तर घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्दै छ । लकडाउनको बेला उनि कसरि काठमाण्डौ देखि नुवाकोट जाँदै थिए भन्ने कुरा थाहा हुन् सकेको छैन । लकडाउनको बेला अतिआवस्यक काम बाहेक बाहिर ननिस्किन सरकारले सूचना नै जारि गरेको छ तर पनि यस्ता घटना घटीनै रहेका छन् ।

केहि दिन अघि मात्र बाँके जिल्लाको नेपाल भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा कर्तव्यमा खटिएका एक प्रहरी जवानको मोटरसाइकल दुर्घ’टनामा निधन भएको थियो । क्वारेन्टाइनको ड्युटी सकेर उनी मोटरसाइकलमा निवास फर्कने क्रममा सो दुर्घ’टना भएको थियो । ड्युटी सकेर भे ३ प ३९ नं को मोटरसाइकलमा निवास फर्कनेक्रममा प्रहरी जवान सुवास सार्कीको राँझाचोक नजीकै सडकको डिभाइडरमा ठोक्किएर निधन भएको हो ।

Related Articles

Back to top button
Close