News

कोरोनाबाट अमेरिकामा हजारौंको निधन हुनथालेपछि चिहानमा यस्तो देखियो

एजेन्सी। अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या १६ हजार नाघेको छ । दैनिक हजारभन्दा बढी मानिसको ज्या-न गइरहेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ १६ हजार ६ सय ९१ जनाको कोरोना संक्रमणबाट निधन भइसकेको छ । मृ’तकको संख्या बढ्न थालेपछि त्यहाँ श-व व्यवस्थापनको चुनौती देखिएको छ । चिहानहरुमा सामूहिक रुपमा श-व गाँड्न थालिएको छ । चिहानको दृश्यहरु सार्वजनिक हुन थालेका छन् ।

अमेरिका बढी मृ’तक संख्यामा इटालीभन्दा मात्र पछाडि छ । संक्रमित संख्यामा अमेरिका सबैभन्दा अगाडि छ । ४ लाख ६८ हजार ५ सय ६६ जना संक्रमित भइसकेको तथ्यांक छ । अमेरिका कोरोना भाइरसको केन्द्रबिन्दु जस्तै बनेको छ । त्यहाँ अधिकांश राज्यहरुमा लकडाउन गरिएको छ । बेरोजगारीको चरम समस्या छ ।यसै क्रममाअमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ ।

दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरमा क्लिनिकल परीक्षणमा सहभागी हुन एक जना कोरोना संक्रमित व्यक्तिले नाम लेखाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक यो औषधि कोरोना ,संक्रमित व्यक्तिलाई उपयोगी हुने दाबी गर्दै आउनु भएको छ ।

समाचार अनुसार क्लिनिकल परीक्षणमा सहभागी हुन चाहनेहरुलाई पहिलो दिन दिनको दुई पटक ४०० एमजीको क्लोरोक्विन दिइने छ । त्यसपछि दुईदेखि पाँच दिनसम्म २०० एमजी औषधि दिनको दुई पटक (आठ डोज) दिइने छ ।

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी क्लोरोक्विन औषधि अमेरिकालाई आपूर्ति गर्न स्वीकार गरेकामा धन्यवाद दिनु भएको थियो । ट्रम्पले भन्नुभयो, “क्लोरोक्विनको भण्डारण अब अमेरिकामा तीन करोड पिल्स पुग्नेछ ।” गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) ले आपतकालीन अवस्थामा कोरोना संक्रमित बिरामीलाई पनि मलेरियाको औषधि दिन सकिने बताएको थियो । एनआईएच अमेरिकाको मेडिकल अनुसन्धान संस्था हो ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमित व्यक्तिको संख्या चार लाख ६८ हजारको नजिक पुगिसकेको छ भने १६ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय ब,न्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँ,डा टे,का,उ,न लागेको कोरोनाभाइरसका कारण अमेरिका सहित विश्वका धेरै देश बन्दा,बन्दी (लकडाउन) को अवस्थामा छन् ।

अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता बेरोजगारी प्रोत्साहन भत्ताका लागि ६६ लाख कामदारले आवेदन दिएको उल्लेख छ । यसअघि नै १ करोडभन्दा बढीले दुई साताको अवधिमा रोजगारी गुमाएका थिए । यसको अर्थ प्रत्येक १० जना अमेरिकी कामदारमध्ये १ जनाले रोजगारी गुमाएका छन् । यो संख्या सन् १९४८ यताकै सबैभन्दा ठूलो हो ।

जानकारहरुका अनुसार अझै धेरै रोजगारी गुम्ने ख’तरा देखिएको छ । अप्रिलमा बेरोजगारी दर १५ प्रतिशत पुग्नेछ, र यो अवस्था विश्वव्यापी मन्दी (ग्रेट डिप्रेसन) को अवस्थापछि पहिलो पटक देखिएको हो ।मिजौरीको कन्सास शहरकी ५७ वर्षीय शारोन ब्रिजम्यानले दुई साता अघि रोजगारी गुमाउनु भयो । उहाँ घरबारविहीन मानिसका लागि सेवा उपलब्ध गराउने एउटा गैरसरकारी संस्थामा कार्यरत हुनुहुन्थ्यो । उहाँ सरकारले उपलब्ध गराएको बेरोजगारी प्रोत्साहन भत्ताको पर्खाईमा हुनुहुन्छ ।

फेरि काम नपाइने हो कि भन्ने मलाई ठूलै चिन्ता लागेको छ,” उहाँले भन्नुभयो । “मैले काम गर्ने मानिसहरुको अवस्था अझ कस्तो होला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो संकटपछि तर्थतन्त्रमा तुरुन्तै सुधार भइहाल्ने अवस्था छैन भनेर अडकलबाजी गर्नेहरुप्रति तिखो टिप्पणी गर्दै अमेरिकी अर्थव्यवस्था तत्कालै सही ठाउँमा आउने विश्वास व्यक्त गर्नु भएको छ । “मेरो विचारमा अर्थतन्त्र राम्रैसँग पुनर्जीवित हुनेछ ।”

राष्ट्रपति ट्रम्पले बिमान सेवालाई कसरी मद्दत गर्न सकिएला भनेर आफूले अर्थमन्त्री र यातायात मन्त्रीसँग विचारविमर्श गरेको बताउँदै यस क्षेत्रमा सुधार ल्याउन सप्ताहान्तमा एउटा प्रस्ताव अघि बढाउन लागेको जानकारी दिनुभयो ।अमेरिकी केन्द्रीय बैंकले पनि घरायासी र व्यवसायलाई लक्षित गरी २३ खर्ब डलर बराबरको सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरिसकेको छ । यो अमेरिकी इतिहासकै किर्तिमान छ ।

Related Articles

Back to top button
Close