News

कोरोनाका कारण पहिलो पटक नेपालमा विदेशी महिलाको ज्यान गयो

 

काठमाडौं । कोरोनाबाट नेपालमा पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ४९ वर्षीया चिनियाँ महिला रहेकी छन् । उनको उपचारका क्रममा धापासीस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि प्रभू एयरको हेलिकप्टरमा शुक्रबार काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको थियो ।

ग्राण्डी अस्पतालमा भर्ना भएकी उनमा कोरोना संक्रमण पुष्टि भएपछि टिचिङ रिफर गरिएको थियो । त्यही उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिलाको शव व्यवस्थापनको तयारी थालिएको बताइएको छ ।

Related Articles

Back to top button
Close