News

तत्काल लकडाउन वा अरु प्रतिबन्ध फुकुवा नगर्न डब्लूएचओको सुझाव

काठमाण्डौ – विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोभिड १९ को महामारी नियन्त्रणका लागि तत्काल लकडाउन वा अरु प्रतिबन्ध फुकुवा नगर्न सुझाव दिएको छ ।कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अपनाइएका लकडाउनसहितका उपाय चाँडै अन्त्य गर्दा ज्यान गुमाउनेको संख्या तिब्रगतिमा फैलिन सक्ने भन्दै डब्लूएचओले तत्काल लकडाउन वा अरु प्रतिबन्ध फुकुवा नगर्न सुझाव दिएको हो ।

डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस गेब्रेससले प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा सङ्क्रमणको पुनरावृत्ति हुनसक्ने भएकाले सचेत बन्नुपर्नेमा जोड दिनुभयो । प्रतिबन्धका कारण आर्थिक समस्या वा संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेको उहाँको भनाइ छ ।

Related Articles

Back to top button
Close