News
कोरोनाको कारण स्याङ्जाका एक युवकको साउदीमा ज्यान गयो
स्याङ्जा – काेरोना सङ्क्रमणका कारण स्याङ्जाका एक युवकको साउदी अरबमा ज्यान गएको छ । साउदी अरबको दमाम सेन्ट्रल अस्पतालमा ३५ दिनदेखि कोरोनाको उपचार गराइरहेका गल्याङ नगरपालिका-८ का रोशन श्रेष्ठको ज्यान गएको एनए मिडियाका जनसम्पर्क निर्देशक बालकृष्णपङ्गेनीले जानकारी दिनुभयो ।
श्रीमतीसहित साउदीमा बस्दै आउनु भएका श्रेष्ठ बिदामा घर आएपछि श्रीमतीलाई काठमाण्डौ मै छोडेर साउदीतर्फ उड्नु भएको थियो ।