News
कहिलेसम्म बन्छ कोरोना भाइरसको भ्याक्सिन ? वैज्ञानिकले गरे यस्तो दाबी
काठमाडौँ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट अहिलेसम्म १७ लाख बढीको संक्र मण भएको छ भने १ लाख बढीको मृ त्यु भएको छ। वैज्ञानिकले लामो समयदेखि कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने प्रयास गरिरहेका छन्।
अब भने वैज्ञानिकमा कोरोना भाइरसविरुद्धको भ्याक्सिनका बारेमा एक आशाको किरण देखिएको छ। अक्सफोर्ड यूनिभसीर्टीका भ्याक्सिनोलोजी डिपार्टमेन्टका प्रोफेसर साराह गिल्बर्टले आफ्नो टिमले चाडै कोरोना भाइरस विरुद्धको भ्याक्सिन तयार गर्ने बताएका छन्।
साराले आगामी १५ दिनभित्र आफ्नो टिमले मानिसमाथि कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण गर्ने बताए। यस भ्याक्सिनलाई लिएर आफू ८० प्रतिशत विश्वस्त रहेको उनको दाबी छ। यदी यसबाट राम्रो परीणाम निस्किए कोरोना भाइरस नियन्त्रण गर्न सकिने वैज्ञानिकका विश्वास छ।