News

कमलादीबाट १५ किलो सुन बरामद

१३ साउन, काठमाडौं । काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले अवैध रुपमा भित्र्याइएको सुन बरामद गरेको हो ।

अर्को पनि

काठमाडौँ, साउन १३ | भर्खर आएको खबर अनुसार अमेरिकाको टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ |

मृत्यु हुनेमा काठमाडौँ घर भई हाल अमेरिकाको टेक्ससमा बस्दै आएकी २३ वर्षीया अश्मिता खनाल हुन्।

उनको सब टेक्सस राज्यको उत्तरी भागको डेन्टन काउन्टीस्थित लेविसभिल तालबाट आइतबार (जुलाई २६) मा निकालिएको हो |

उनको मृत्यु कसरी भयो भन्ने कुराको तथ्य फरक आएको छ | कसैले उनको मृत्युको कारण तालमा डुङ्गा ख्याइरहेका बेला लाइफ ज्याकेट नलगाएकी खनालले पौडन हाम फालेको समाचारहरूमा उल्लेख छ भने कसैले उनी डुङ्गाबाट खसेको बताइरहेका छन्। यसबारे थप जानकारी उपलब्ध भइसकेको छैन।

Related Articles

Back to top button
Close