News

प्रचण्डले सेनापति नियुक्त गरेका खड्काको निधन

काठमाडौं : नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको ६९ वर्षको उमेरमा निधन भएको छ। २००८ सालमा जन्मिएका खड्काको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

खड्कालाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६६ सालमा प्रधानसेनापति रुक्मांगत कट्वाललाई बर्खास्त गर्दै निमित्त प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए। तर तत्कालीन राष्ट्रपति रामवरण यादवले अस्वीकार गर्दै त्यही रात कट्वाललाई नै प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए। मन्त्रिपरिषदले सेनापति नियुक्ति गरेको औपचारिक पत्र दिएपछि पनि कुनै दुर्घटना नहोस् भनेर उनले संयमित रुपमा प्रस्तुत गरेका थिए। प्रचण्डले सोही प्रकरणपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।

Related Articles

Back to top button
Close