News

२२ बर्षीया लक्ष्मीको शव विभत्स अवस्थामा भेटियो, पति समातिए

काठमाडौँ । कैलालीकी एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार तीन दिनदेखि वेपत्ता गोदावरी नगरपालिका वडा नम्वर १० मा स्थानीय २२ बर्षीया लक्ष्मी साउँद मृत अवस्थामा फेला परेकी हुन् ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टका अनुसार प्रहरीले घटनाको विषयमा थप अनुसन्धान सुरु गरिसकेको छ भने लक्ष्मीका पतिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।

११ गतेदेखि वेपत्ता लक्ष्मीको शव नहर किनारमा रहेको झाडीमा उक्तानो अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्या नै देखाएको भएता पनि घटनाका विषयमा थप अनुसनधान भइरहेको बताइएको छ ।

Related Articles

Back to top button
Close