News

कोरोनाका कारण नेपालमा थप एक जनाको मृत्युु

पर्सा- कोरोनाका कारण पर्सामा थप एक जनाको ज्यान गएको छ । ज्यान जानेमा वीरगन्ज वडा नम्बर ७ निवासी ६८ वर्षका वृद्ध रहेका छन् । उनको वीरगञ्जस्थित नारायणी अस्पताल, अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

वृद्धको एक सातापछि आज मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।योसहित पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । त्यस्तै नेपालमा कोरोना कारण यो सँगै ज्यान जानेको संख्या ५० पुगेको छ ।

Related Articles

Back to top button
Close