News

नेपालमा एकैै दिनमा कोरोना संक्रमणबाट

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बुधबार एकै दिन तीनजनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेहरूमा दुईजना पर्साका छन् भने एकजना मोरङका रहेका छन्। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्‍नेतका अनुसार पछिल्लो पटक नेशनल मेडिकल कलेजमा उपचाररत ७० वर्षीय वृद्धको ज्यान गएको हो।

त्यसअघि गण्डक कोभिड अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको पनि कोरोनाले निधन भएको थियो। नेशनल मेडिकल कलेजमा बुधबार बिहान निधन भएका पुरूषको केही बेरअघि कोरोना रिपोर्ट पोजेटिभ आएको हो।

उता मोरङका एकजना ४५ वर्षीय पुरूषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा ज्यान गएको छ। उनलाई आजै अपरान्ह विराटनगरमा ल्याइएको थियो। गम्भीर बिरामी अवस्थाका उनलाई एकजना ड्राइभरले बिपी प्रतिष्ठानमा ल्याएर छाडेका थिए।

‘उनलाई सुरूबाटै प्रतिष्ठानको भेन्टिलेटरमा राखिएको थियो’, बिपी प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले भने, ‘उपचारकै क्रममा उनको आजै साँझ पौने ५ बजे निधन भएको छ।’ सापकोटाले शव व्यवस्थापनका लागि सेनासहितसँग आवश्यक समन्वय भइरहेको जानकारी दिएका छन्।

यसअघि बिपी प्रतिष्ठानमा उपचारका क्रममा सप्तरी र धनुषाका दुई जनाले ज्यान गुमाइसकेका छन्। आजसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि ५२ पुगेको छ।

 

 

 

 

काठमाडौं, साउन १४,
भारतको स्थानीय प्रशासनले कालापानी क्षेत्रमा लुकीछिपी नेपाली समूहको प्रवेश हुनसक्ने सूचना पाएको र त्यसबारेमा नेपाली पक्षले पनि आफूलाई अवगत गराउन भनी पत्र लेखेको दुई सातापश्चात् नेपाली स्थानीय प्रशासनले गतिलो जबाफ फर्काएको छ । त्यसरी पत्र फर्काउने नेपाली हुन्, दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल ।

उहाले भारतीय पक्षबाट पत्र प्राप्त हुनासाथ संघीय सरकारलाई जानकारी गराएपछि जवाफ फर्काएको बताउनु भयो । ‘भारतले पत्रमा उल्लेख गरेका ती क्षेत्र नेपाली भूमि हुन् भन्नेमा शङ्का छैन, नेपाली भूमिमा हिँड्डुल गर्न पूर्ण स्वतन्त्रता नेपाली नागरिकलाई छ’ उहाले भन्नुभयो । केन्द्रबाट गृह मन्त्रालयको निर्देशनपछि भारतीय पत्रको जबाफ नेपाली पक्षले फर्काएको छ ।

जिल्ला प्रशासनले कार्यालय दार्चुलाले मङ्गलबार सीमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेख्दै भारतले दाबी गरेको क्षेत्र नेपालको भएकाले मानिसहरूलाई दुःख नदिन भनिएको थियो । सो क्षेत्रका बासिन्दाले भारतले विगतमा कोही नभएको मौका पारेर नेपाली भूभागमा रहेका प्राकृतिक स्रोत साधनको दोहन गर्दै आएको थियो । अहिले सुरक्षाकर्मीको उपस्थितिसँगै नेपालीको चहलपहल बढेपछि दोहन रोकिएको समेत रोकिएको छ । सोही कारण भारतीय पक्ष चिढिएको हुनसक्ने जानकारहरु बताउछन् ।

Related Articles

Back to top button
Close