Video

हाँस पालेर जोडे तीन करोडको सम्पती ! छोरीलाई पठाए अमेरिका, छन् यति धेरै खुसी (भिडियोसहित)

काठमाडौ, साउन १५ । डम्बर बाहादुर लामाको दिन हाँस र बंगुरसँग खेलेरै बित्छ । काठमाण्डौं कागेश्वरी मनोहरा नगरपालिकामा उनको घर छ । घरबाट टाढा मनोहरा खोलाको किनारमा डम्बर बहादुर लामाले हाँस र बंगुर पालेका छन् ।

बिहानको खाना खाइवरी निस्किएपछि डम्बर बहादुर एकैपटक बेलुकाको खाना खान मात्रै घर आइपुग्छन् । अहिले उनीसँग तीन सय पोथी हाँस छन् । ‘सुरुमा पाँच सय चल्ला हालेको थिएँ’ सफल कृषक डम्बर भन्छन्, ‘भाले हाँस बेचेर सकियो, अहिले तीनसय पोथी हाँस बचेका छन् ।’

पोथी हाँस भने उनले अण्डा बेच्ने उदेश्यले राखेका हुन् । यसरी बंगुर र हाँस पालेरै उनले धेरै प्रगती गरीसकेका छन् । काठमाण्डौ तीन करोडको सम्पती जोडेका डम्बर बहादुरले छोरीलाई अमेरिकामा पढाएका छन् ।

Related Articles

Back to top button
Close