News
कुवेतले लगायो नेपालसँगै ७ देशबाट आउने मानिसहरुलाई प्रवेशमा रोक
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ।
कुवेतले नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिफिन्सबाट आउने मानिसहरूलाई प्रवेशमा रोक लगाएको हो।
कुवेतले अगस्ट १ बाट अन्तराष्ट्रिय हवाइसेवा खोल्ने निर्णय गरेसँगै यी मुलुकबाट त्यहाँ आउने नागरिकको प्रवेशमा रोक लगाउने निर्णय हो।
कुवेतले कोरोना महामारी सुरू भएपछि अन्तराष्ट्रिय हवाईसेवा बन्द गरेको थियो।
कुवेत नेपालीहरूको प्रमुख रोजगारीको गन्तव्य हो।