News

नेपालमा थप दुई कोरोना संक्रमितको मृत्यु, संख्या ५४ पुग्यो

काठमाडौं । वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवा र वडा नम्बर २ छपकैयाका ७० वर्षीय वृद्धको बिहीबार मृत्यु भएको हो । नगवाका ३५ वर्षीय युवाको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेसनमा उपचारका क्रममा बिहिबार बेलुकी पौने ८ बजे मृत्यु भएको हो ।

ज्वरो आएपछि साउन ५ गते उहाँलाइ तराई हस्पिटलमा भर्ना गरिएको थियो । उहाँको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि कोरोनाको शंकामा उहाँलाइ साउन १३ गते कोभिड अस्पताल लगिएको थियो । सोही दिन नै स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएकोमा पीसीआर रिपोर्ट नआउदै बिहिबार बेलुकी पौने ८ बजे उहाँको मृत्यु भएको कोभिड अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिनुभयो ।

यस्तै वीरगन्ज २ छपकैयाका ७० वर्षिय बृद्धको बिहिबार बिहान आफनै घरमा मृत्यु भएका उहाँका पनि कोरोना संक्रमण भएको छ । उहाँको पनि मृत्यु भएपछिमात्रै रिपोर्ट आएको थियो । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।

Related Articles

Back to top button
Close