News

वीर अस्पतालमा पनि काेराेनाकाे नमुना परीक्षण सुरु

काठमाण्डाै – वीर अस्पतालमा पनि कोरोना भाइरस (काेभिड १९) को नमुना परीक्षण सुरु भएकाे छ ।
यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै हुँदै आएको परीक्षणलाई विस्तार गर्दै वीर असपतालबाट पनि परीक्षण सुरु गरिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शनिबार नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आजदेखि वीर अस्पतालमा नमुना परीक्षण सुरु भएको र आइतबारदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पनि नमुना परीक्षण हुने जानकारी दिनुभयो ।उहाँका अनुसार देशैभर कोरोना परीक्षणको दायरा बढाइएकाे छ । अहिलेसम्म चार हजार चार सय २६ जनाको नमुना परीक्षण भएकाे छ । पछिल्लो २४ घण्टामा आठ सय ९७ जनाको नमुना परीक्षण भएको छ ।

यस्तै अहिले देशभर आठ हजार ८२ जना क्वरेण्टीनमा छन् । काठमाण्डौमा १५ जना र उपत्यकाबाहिर ६७ जना गरी अहिले ८२ जनाको आइसोल्नशमा उपचार भइरहेको छ ।

Related Articles

Back to top button
Close