बालिकाको नाममा फेसबुक खोलेर अश्लील फोटो पठाउने पक्राउ
काठमाडौं : प्रहरीको साइवर ब्यूरोले अश्लील भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एकजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार ती व्यक्तिले भानु नगरपालिकाकी-१३ वर्षीया बालिकाको फोटो राखेर फेसबुकमा आइडी बनाइ ती बालिकाकै आफन्तलाई अश्लील फोटो तथा सन्देश बालिकाको पठाएका थिए।
१३ वर्षीया बालिकाको फोटो प्रयोग गरिएको नक्कली फेसबुक आइडीबाट बालिकाकी दिदी र आफन्तलाई अश्लील फोटो तथा सन्देश पठाउने गरेको पाइएपछि मिश्रलाई पक्राउ गरिएको जानकारी दिनुभयो।
पक्राउ परेका मिश्र यसअघि पनि विद्युतीय कारोवार ऐन, २०६३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट एक लाख तिरेर धरौटीमा छुटेका व्यक्ति भएको ब्यूरोले जनाएको छ । पक्राउ परेका मिश्रलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।