News

मोटरसाइकल दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशसभा सदस्य गम्भीर घाइते

सुदूरपश्चिम प्रदेशकी प्रदेशसभा सदस्य अम्बि कुमारी थापा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी छन्।

शनिबार धनगढी उप–महानगरपालिकाको वडा नम्वर ८ बुद्ध चोकमा उनी सवार मोटरसाइकललाई पछाडिबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको थियो।

थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छउनको उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिए पनि उपचार हुन सकेन।

धनगढीस्थित माया मेट्रो अस्पतालका चिकित्सकले टाउकोमा गम्भीर चोट लागेकाले ब्रेनमा रगत जम्न सक्ने भन्दै ‘रिफर’ गरेपछि काठमाडौं लगिएको छ।

उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरत खड्काले जानकारी दिए।

प्रदेशसभा सदस्य थापा नेपाली कांग्रेसबाट अछाम जिल्लाको प्रतिनिधित्व गर्दै समानुपातिकबाट निर्वाचित सांसद हुन्।

Related Articles

Back to top button
Close