News

बलिउड सुपरस्टार अमिताभ बच्चनले कोरोनालाई जितेर घर फर्किए

कोरोनालाई जितेर घर फर्किएका छन् । भारतीय मिडिया आजतकका अनुसार उनको पछिल्लो पटक आज बिहान आएको कोरोनाको रिर्पोट नेगेटिभ आएसँगै अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
यो जानकारी अमिताभ स्वयमले एक ट्विट गर्दै आफ्ना फ्यान र शुभचिन्तकलाई जानकारी दिँदै भनेका छन् मैले कोभिड १९ लाई जित्न सफल भएको छु र अहिले घर फर्किएको छु । घरमा पनि म केही दिन होम क्वारेन्टिनमा नै रहनेछु ।
ट्विटमा उनले लामो समयसम्म भगवान्सँग प्राथना गर्ने आफ्ना शुभचिन्तक, फ्यान, आफन्त र अस्पतालका चिकित्सकहरुलाई पनि हृदयदेखि नमन प्रकट गरेका छन् ।
कोरोना संक्रमणले महामारीको रुप धारण गरेका बेला भारतीय सुपरस्टार अमिताभ बच्चनकी पत्नि बाहेक परिवारका सबै सदस्यहरुमा संक्रमण पुष्टि भएको थियो । जसमध्ये उनकी बुहारी ऐश्वर्या र नातिनी आरध्याले यस अघि नै कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

Related Articles

Back to top button
Close