News

महिलाको साथबाट सुनको सिक्री लुटपाट

काठमाडौं, १९ साउन-नागार्जुन नगरपालिका-१ रानिबन बुद्धचोक बस्ने तनहुँ बन्दिपुर घर भएका ३५ वर्षीया महिलाको साथबाट १.५ तोला सुनको सिक्री आइतबार लुटपाट भएको छ ।

हाल नम्बर नखुलेको मोटरसाइलकलमा सवार २ जना अपरिचित व्यक्तिले ती महिलाले घाँटीमा लगाएको सिक्री लुटी फरार भएको बताइएको छ ।लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बाह्रबोर बन्दुक सहित पक्राउ -घरपझोङ गाउँपालिका-३ जोमसोमबाट १ नाल बाह्रबोर बन्दुक सहित काभ्रेन्ड रेस्ट्रो एण्ड बार कफी सपका संचालक काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका-७ घर भएका २६ वर्षीय सुरेश लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लामाले कोठामा अवैध हतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button
Close