News

लकडाउन तोडेर क्रिकेट खेल्न गए, उनलाई थाहै थिएन त्यो उनको जीवनकै अन्तिम दिन थियो

काठमाडौं। लकडाउन तोडेर क्रिकेट खेल्न गएका एक युवकको क्रिकेट मैदानमै मृत्यु भएको छ । क्रिकेट खेल्ने क्रममा भएको दुर्घटनामा उनको ज्यान गएको हो । भारतको दत्तसिगढ राज्यको धमतरीमा केही युवा लकडाउन उल्लंघन गर्दै क्रिकेट खेल्न निस्किएका थिए । आज तकको समाचार अनुसार खेल्ने क्रममा एउटा क्याच समात्ने प्रयासमा उनी अर्का खेलाडीसँग ठोक्किएका थिए । गम्भीर रुपमा घाइते भएका उनलाई तत्काल अस्पताल लगिएकोमा डाक्टरले उनलाई मृत घोषित गरेका हुन् ।

दुष्यन्त विश्वकर्मा नामका ती युवकले रायपुरमा एक कल सेन्टरमा काम गर्ने गरेको बताइएको छ । धमतरीकी पुलिस एसपी मनिषा ठाकुरले बताएअनुसार घटना भखारा थाना षेत्रको सिलौटी गाउँको हो । खेल्ने क्रममा ब्याट्सम्यानले हानेका बल हावामा उठेपछि २२ वर्षका दुष्यन्तसँगै अर्का युवक क्याच समात्न दौडिएका थिए । यही क्रममा दुवै ठोक्किए ।

Related Articles

Back to top button
Close