Video
शिशुलाई सहयोग गरेको रकम फिर्ता लिन बालगृह पुगे भाग्य न्यौपाने ( भिडियो हेर्नुहोस् )
काठमाडौं १९ साउन / सामाजिक सञ्जालको जमानामा केही कुराको चर्चा चल्न समयनै लाग्दैन, त्यस्तै गत साउन १२ गते सोमबार दिउँसो कपन आकाशेधारा स्थित कार्टुनमा शिशु भेटिएको खबरले एकाएक सञ्जाल तातिएपछि धेरैले शिशुको लागि सहयोग पनि गरे ।
घटनास्थल पुगेर नाम चलेका युट्युबरहरुले भिडियो फुटेज पनि खिचे केहिले शिशुलाई हातमा लिएर भावुक बनेको नाटक सम्म गर्न भ्याए । भेटिएको शिशुलाई केयर बालगृहकि संस्थापक पुष्पा अधिकारीले जिम्मा लिएर राखेकि थिइन् ।
यसबिषयमा प्रहरी भने बेखबर थियो किनकि शिशु भेटिएपछि प्रहरीलाई हैन युट्युबरहरुलाई खबर गरेकी थिइन् पुष्पा अधिकारीले । सञ्जालमा निकै नै चर्चा चलेपछि प्रहरीले पनि यस घटनालाई निगरानी गर्न सुरु गर्यो ।
शिशु भेटिएको सातौं दिनमा अन्तत थप रहस्य पत्ता लागेरै छाड्यो , शिशु फालिएको हैन पैसाको लागि जानाजान राखिएको खुलासा भयो ।
भिडियो :