News

बालुवाटार जान भन्दै निस्किएका बामदेवलाई प्रचण्ड भैसेपाटीमै पुगेर रोकेपछि

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच पार्टीमा देखिएको पछिल्लो घटनाक्रमका बारेमा छलफल भएको छ । बामदेवलाई भेट्न मंगलवार विहान ११ वजे प्रचण्ड भैसेपाटी पुगेका थिए । उनीहरुबीच अहिले पार्टीमा देखिएको समस्याका बारेमा छलफल भएको छ ।

गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार निस्कनै लागेको बेलामा प्रचण्डले आफु भैसेपाटी आउन लागेको जानकारी गराएका थिए । आफ्नो निवासवाट वाहिर निस्किसकेका वामदेव प्रचण्डले आफु आउन लागेको बताएपछि फर्किएका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको बताइएको छ । नेकपा भित्र पछिल्लो समय विवाद बढ्दै गएको छ । नेकपाका दुई अध्यक्षबीच अहिले वार्ता हुन छोडेको छ । आइतवार र सोमवार भएको भेटमा पनि दुई अध्यक्षबीच खासै कुराकानी भएको छैन ।

उनीहरुबीच पार्टी भित्र देखिएको विवाद समाधान र अन्य विषयमा पनि छलफल भएको छ । पार्टीमा देखिएको विवाद सुल्झाउन नेताहरुले प्रचण्डलाई ओलीसंग छलफल र सल्लाह गर्न सुझाव दिएका छन् । सोही क्रममा आजै साँझ प्रधानमन्त्री ओलीलाई भेट्नुअघि प्रचण्डले उपाध्यक्ष गौतमललाई भेटका हुन्। भेटमा पार्टीभित्रको विवादका विषयमा छलफल भएको छ ।

साउन १३ गतेका लागि बोलाइएको स्थायी समिति बैठक अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एकतर्फि रुपमा स्थगित गरेपछि बहुमत सदस्यलाई लिएर प्रचण्डले बैठक सञ्चालन गरेका थिए।

आफूविनै बैठक सञ्चालन भएपछि प्रधानमन्त्री ओली सोही दिन साँझ उपाध्यक्ष गौतमलाई भेट्न भैंसैपाटी पुगेका थिए। गौतमले पार्टी भित्रको विवाद समाधानका लागि भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । त्यसमा ओली पूरै कार्यकाल प्रधानमन्त्री बन्ने र प्रचण्डलाई अधिकार सम्पन्न अध्यक्ष बनाउनुपर्ने उल्लेख छ ।

Related Articles

Back to top button
Close