News

भारतमा ३ करोड बराबरको नगद र गरगहना चोरी गरेर नेपाली दम्पती फरार भए

 

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं। भारतको हैदराबादमा नेपाली दम्पती २ करोड भारु (३ करोड २० लाख नेपाली रुपैयाँ) बराबरको नगद, गरगहना र विद्युतीय सामग्री चोरी गरी फरार भएका छन् ।

हैदराबादको सैनिकपुरीमा एक रियलस्टेट व्यवसायीको घरमा घरेलु कामदारको रुपमा कार्यरत ती दम्पतीले उनै रियलटेट व्यापारीको घर फुटाएर चोरी गरी फरार भएका हुन् ।

आइतबार राती व्यापारीको परिवार एक कार्यक्रममा सहभागी हुन घरबाहिर भएका बेला उनीहरुले घर फुटाएर चोरी गरी फरार भएका हुन् । दम्पती त्यही घरको परिरमा एक आउटहाउसमा बस्थे ।

द न्यू इण्डियन एक्सप्रेसका अनुसार मल्काजगिरीकी डिसीपी रक्षिता के मूर्तिले पुलिसको विभिन्न विभागका टिमहरु फरार अभियुक्तहरुलाई पक्राउ गर्नको लागि परिचालन गरिएको बताएकी छिन् । ‘हामीले घटनास्थलबाट प्रमाणहरु संकलन गरेका छौं र अनुसन्धान जारी छ’ उनले भनिन् ।

गएको जुलाइ २९ मा बिहे गरेका स्थानीय व्यापारी ए नरसिंहा रेड्डीका छोराको रिसेप्सन पार्टी आइतबार बेलुका आयोजना गरिएको थियो र चोरी भएको परिवारका सबै त्यही पार्टीमा गएका थिए । उनहिरुले नेपाली दम्पतीलाई घरको हेरविचार गर्न भनेर छाडेका थिए ।

आधा रातभन्दा पछि परिवार घर फर्केर आउँदा घरको मूल ढोका खुल्लै थियो । घरमा भित्र गएर हेर्दा उनीहरुले सुन र हीराका गरगहना, महंगा विद्युतीय उपकरण र घरमा राखिएको नगद हराएको थाहा पाए ।

घरमा काम गर्ने कामदारहरु हराइरहेका थिए । सूचना आएपछि आएको पुलिसले दम्पतीले घरको ढोका फुटाउन धातुका हतियार प्रयोग गरेको पाएको छ । सीसीटिभी फुटेजमा दम्पतीले चोरी गरेर बेलुका ८ बजेतिर घर छाडेर निस्केको देखिएको छ ।

दम्पतीले घरबाट फरार हुन मालिकको मोटरसाइकल प्रयोग गरेका थिए । पछि उनीहरुले मोटरसाइकल कुसाइगुडा एक्स रोड्समा मोटरसाइकल छाडेर फरार भएका थिए । पुलिले शंकास्पद अभियुक्तहरुको खोजी गरिरहेको छ ।

 

 

 

 

शंखलाई हिन्दु धर्ममा विशेष स्थान दिइएको हुन्छ । घरमा शंख बजाउनाले घर शुद्ध हुने मान्यता रहेको छ । काग तिहारको दिन कसैलाई थाहा नदिइ घरमा शंख ल्याएर लक्ष्मीलाई अर्पित गरेमा लक्ष्मी खुसी हुने गर्छिन् ।अन्य समाचार, २० बर्षे युवतीको डाक्टरलाई प्रश्न – बिबाहपुर्वको यौनसम्बन्ध बिहे पछीका श्रीमानलाई थाहा हुन्छ कि हुदैन रुम २० वर्षीया युवती हुँ । मेरो विवाह भएको छैन, तर ब्वाइफ्रेन्ड छ । अहिले उसले मसँग यौनसम्पर्क गर्ने प्रस्ताव राख्दै छ ।

कलेजोमा खराबी आउँदा हेपाटाइटिस, फ्याटी लिवर, लिवर सिरोसिस, अल्कोहोलिक लिवर डिजिज, गिल्बर्ट्स सिन्ड्रोम र लिवर क्यान्सर जस्ता गम्भीर वा प्राणघातक रोगहरु लाग्ने सम्भावना धेरै बढ्छ।त्यसकारण प्रारम्भिक चरणमै लिवरमा आउने खराबी बारे सचेत हुनु एकदम जरुरि छ। किनकि ८० ५ लिवरको खराबीको बिमारीलाई औषधीले काम गर्दैन। प्राकृतिक चीज वा आयुर्वेदिक चीजहरुले मात्र यस समस्याको समाधान गर्छ।

त्यसकारण आज हामी लिभरको खराबीलाई जरै देखि हटाउने अर्थात् निर्मुल पार्ने घरेलु उपचार विधिको बारेमा चर्चा गर्न गइरहेका छौँ। लिवरको घरेलु उपचार विधि एउटा प्रक्रिया पुरा गरेर गर्नु पर्छ।यसको लागि सुरुमा बाहिरको जंक फुड, तारेको खाना वा मसलेदार खाना कम्तिमा पनि ६ दिन सम्म सेवन नगर्नुहोस्। केवल घरमा बनाएको सादा खाना मात्र सेवन गर्नु होस् । खानामा आधा भन्दा बढी सलाद नै समावेश गर्नु पर्छ।

Related Articles

Back to top button
Close