News

कोरोना संक्रमणबाट काठमाडौंमा एक महिलाको मृत्यु

काठमाडौं -कोरोना संक्रमणबाट काठमाडौंमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिला रहेकी छन् । उनको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

संक्रमित महिला मनमोहन अस्पतालबाट उनी १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् महिलामा कोरोनाको लक्षण देखिएपछि प्रहरी अस्पताल रिफर गरिएको थियो।

महिलामा निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको बताइएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म ६० जनाको मात्र मृत्यु भएको औपचारिक जानकारी दिएको छ।

Related Articles

Back to top button
Close