News
कोरोना संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु
२१ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृत्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।