News
काठमाडौँमा फेरी एसिड आक्रमण, आफ्नै बाबुले २२ वर्षे छोरी र पत्निमाथी गरे प्रहार
काठमाडौँमा फेरी एसिड आक्रमण, आफ्नै बाबुले २२ वर्षे छोरी र पत्निमाथी गरे प्रहार
काठमाडौं । काठमाडौँमा बाबुले आफ्नै छोरी र श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । घटना हो राजधानीको चुच्चेपाटीको ।
काठमाडौँ प्रहरीका अनुसार घरायसी विवाद हुँदा हेटौंडा घर भई चुच्चेपाटी डेरा गरि बस्ने राजन विष्टले श्रीमती र छोरीमाथी ति पतिले केमिकल प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवाालीले जानकारी दिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी ज्ञवाालीका अनुसार केमिलको कारण छोरीको आँखामा चोट लागेको र आकस्मिक अस्पताल लगेर उपचार सुरु गरिएको छ ।
केमिकल प्रहारमा संलग्न विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।