News
नदीमा हाम्फालेकी महिलाको उद्धार
२४ साउन, बुटवल । सशस्त्र प्रहरीले डण्डा खोलामा हाम्फालेकी महिलाको जीवितै उद्धार गरेको छ ।
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका-२ की २७ बर्षीया महिलाले शनिबार पुलबाट डण्डा खोलामा हाम्फालेकी थिइन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उद्धार गरेको हो ।