News

७ वटा अस्पताल चहार्दाचहार्दै विष्णुको मृत्युः ‘अक्सिजनको पाइप लगाउनै मानेनन्’

काठमाडौं । २० बर्षीया २० विष्णु लामाको ज्वरो विहीबार साँझसम्म निको भइसकेको थियो । शुक्रबार एक्कासी श्वासप्रश्वासमा समस्या देखियो ।

चार बर्षीया छोरीसहित बीरगन्ज महानगरपालिका–२ छपकैयास्थित माइतीमा बस्दै आएकी उनलाई राति ११ बजे रिक्सामा राखेर आदर्शनगरस्थित एडभान्स मेडिकेयर हस्पिटल पुर्‍याइयो ।

त्यहाँ भर्ना लिन नमानेपछि बहिनीलाई नारायण अस्थायी कोरोना(गण्डक) अस्पताल लग्यौं’ विष्णुकी भाउजु अन्जु तामाङले भनिन्,अस्पतालले भर्ना नलिएपछि रिक्सामा गण्डक नजिकैको नारायणी बयोधा अस्पताल पुग्यौं । बयोधाले पनि भर्ना लिएन ।

बयोधामा भर्ना नलिएपछि तराई हस्पिटल हुँदै नेसनल मेडिकल कलेजसम्म पुगेको अन्जुले बताइन ।

उनका अनुसार सुरुमा नेसनलका स्वास्थ्यकर्मीले बेड खाली भएको जानकारी दिएका थिए । विरामीमा ज्वरो र श्वासप्रश्वासको समस्या भएको थाहा पाएपछि बेड त के भुइँमा पनि ठाउँ खाली नभएको भन्दै फर्काए’उनले भनिन,‘पछि नारायणी अस्पतालमा लग्यौं आकस्मिक कक्षमा रहेका चिकित्सकले कोरोनासँग मिल्दो लक्षण देखिएकाले कोरोना अस्पताल लैजान सुझाए ।

त्यसपछि हालै नारायणी अस्थायी कोरोना अस्पतालका रुपमा संचालित वीरगन्ज हेल्थ केयर पुर्‍याउँदा त्यहाँ पनि भर्ना नलिएको उनले बताइन ।

कोरोना अस्पतालमा संक्रमण पुष्टि भएकाले मात्र उपचार हुने गरेको भनेपछि फेरि नारायणी अस्थायी कोरोना अस्पताल लगौं । फेरि विरामी लगेपछि भने अस्पताल भर्ना गर्न तयार भयो तर जब रिक्साबाट विष्णुलाई अस्पतालको स्ट्रेचरमा राख्न थालियो तब उनको सास गइसकेको थियो ।

११ देखि २ सम्म वीरगन्जका सबै निजी अस्पताल पुग्यौं, कसैले भर्ना गरेनन्’ अन्जुले भनिन्, कम्तिमा अक्सिजनको पाइप लगाइदिनुहोस भन्दा पनि चिकित्सक छैनन भने । उपचार नपाइ बहिनी वितिन ।’

विरामी लिएर सातवटा अस्पतालमा चक्कर लगाउँदा पनि अस्पताल र चिकित्सकको लापरवाहीले उपचार नपाई दिदीको ज्यान गएको उनले गुनासो गरिन । कान्तिपुर दैनिकबाट

Related Articles

Back to top button
Close