News

कञ्चनपुरका विपन्न र पीडितमा भाेकमरी सुरू, गहुँका बाला पोलेर खानुपरेकाे दुखेसो

बेलौरी, ३० चैत्र । तीन सातादेखि लकडाउन कायमै भएपछि कञ्चनपुरका आरक्षपीडित, भूमिहीन, सुकुमबासी, मुक्त हलिया लगायत विपन्न एव मजदुर वर्गका बस्तीमा खाद्यान्न अभाव भएकाे छ । खाद्यान अभावले भाेकमरी सुरू भएको कञ्चनपुरका आरक्ष पीडितहरुकाे भनाइ छ ।

दैनिकी मजदुरी गरि गुजारा चलाउदै आएका आरक्षपीडित, भूमिहीन, सुकुमबासी, मुक्त हलिया विपन्न वर्गका बस्तीमा खाद्यान्न अभाव भएपछि यतिबेला गहुँका बाला पाेलेर, गहुँ भुटेर खाँदै परिवारको पेट पालेकाे ढक्का शिविरका आरक्ष पिडितले यूज२४ सँग दुखेसाे पाेखे । उनीहरुले दैनिक काम गरेर राशन खरिद गर्ने र त्यहीबाट गुजारा चलाउँदै आएका थिए ।

तर, अहिले लकडाउनका कारण रोजगारीका क्षेत्र बन्द भएपछि उनीहरुका बस्तीमा भोकमरी सुरू भएको छ । आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले कञ्चनपुरका विभिन्न आरक्षपीडितका शिविरमा खाद्यान्न अभाव भएको बताए ।उनका अनुसार बेलडाँडी, ढक्का चाँन्देव, ढक्का शिविर, वेदकोट सुन्दरपुरको शिविर, कृष्णपुर नगरपालिका वाणी क्षेत्र लगायतका आरक्षपीडितका शिविरमा खाद्यान्न अभाव हुँदा उनीहरू भोकभोकै बस्नु परेको हाे । ‘घरमा भएको खाद्यान्न सकियो,’ अध्यक्ष भण्डारीले भने, ‘हाम्रा पीडित अहिले गहुँका बाला काटेर पोलेर खाइरहेका छन् ।’

आरक्षपीडितको पुनर्स्थापना नहुँदा कोराेनाकाे संक्रमणभन्दा पनि भोकमरीले मर्नु पर्ने अवस्था सृजना हुन थालेकाे उनले बताए ।विस २०५८ सालमा तत्तकालिन कञ्चनपुरको शुक्लाफाँटा आरक्ष वस्ती विस्तारका क्रममा विस्थापित गराएका सयाैँ घरघुरीका आरक्ष पीडित अहिले विभिन्न ठाउँमा स-सना झुपडी बनाएर शिविरमा बस्दै आएका छन् । लकडाउनका कारण कञ्चनपुरका सुकुमबासी, मुक्त हलिया, कमैया, मजदुर वर्ग विपन्न बस्तीमा खाद्यान्न अभाव हुँदा उनीहरुले भोकभोकै बस्नु परेको बाध्यता छ ।

साथै पछिल्लो समय स्थानीय सरकारकाे राहतकाे नाममा २/२ किलाे रासन वितरण गरे पनि वास्तविक पीडितले पाउन नसकेको गुनासो समेत व्यक्त गरे । हात्तीको मुखमा जिराझैँ रासन पाइएकाे उनीहरूले बताए ।पीडित हर्के दमाई भन्छन्, ‘हामी पीडितहरु काेराेना राेगले भन्दा पनि भाेकले मर्छाै हाेला । सुकुम्बासी परिवारकी महिला अगुवा सीता विक भन्छिन्, ‘परिवार ठूलाे छ राहतका नाममा दुइछाक भात खाए पनि अहिले भाेकै बस्नु परेकाे छ ।’

यस्तै, मुक्त हलिया अगुवा मोहन दमाईले कोरनाको संक्रमणबाट भोकभोकै बस्नु परेको बताए । उनका अनुसार बस्तीमा खाद्यान्न अभाव हुँदा भोकभोकै बस्नु परेको छ ।जिल्लाभरिका भूमिहिन, सुकुमबासी, आरक्षपीडित, मजदूर, राउटे समुदाय लगायतले भरपुर रुपमा दैनिकी चल्ने गरी खाद्यान्नको माग अघि सारेका छन् ।कञ्चनपुरका सरोकारवाला निकायले खाद्यान्न अभाव भएकाले क्षेत्रमा खाद्यान्न वितरण गरिएको बताएका छन् । तर, विपन्न अति विपन्न परिवारका लागि आएकाे राहत गैरविपन्न परिवारहरुमा वितरण भएकाे र सुकुम्बासी आरक्षपीडित परिवारमा भाेकमरी भएकाले ती समुदायले सरकारलाई गुहारेका छन् ।

Related Articles

Back to top button
Close