News
सुटकेशभित्र भेटिएको शव पहिचानका लागि तस्वीर सार्वजनिक
२६ साउन, काठमाडौं । काठमाडौंको गोंगबु चोक नजिकै आइतबार सुटकेशमा फेला परेको शवको सनाखत हुन नसकेपछि प्रहरीले मृतकको तस्वीर सार्वजिनक गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको हो । तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत एसपी कार्कीले सबैसँग आग्रह गरेका छन् ।