News

गोंगबु हत्या : शव ब्यबस्थापनमा आमालाई सघाएको भन्दै १० कक्षामा पढ्ने छोरी पनि पक्राउ

काठमाडौं – गोंगबु हत्याकी आरेपीले आँफुले एक्लै मध्यरातमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेको स्विकारेकी छिन् । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभित्स हत्याकाण्डकी आरोपी कल्पना मुडभरी ९पौडेल० लाई प्रहरीले चितवनबाट पक्राउ गरेर काठमाडौँ ल्याएर सार्वजनिक गरेको हो ।
केही चलचित्रमा अभिनय समेत गरेकी कल्पनाले कृष्णलाई आफ्नो कोठामा लगेर स्लिपिङ ट्याब्लेट खुवाएर लट्ठाएर भुईमा ढलेपछि आँफैले हत्या गरेको स्विकारेकी छिन् । कृष्णले आँफुलाई बलात्कार गर्न खोज्दा घुँडाले संवेदनशील अंगमा हान्दा उनी ढलेपछि आँफुले ह्यामर र मासु काट्ने प्रयोग गरिने दाउको मद्धतले बाथरुममा लगेर हत्या गरेको स्विकारेकी छिन् । उनले हत्यामा अरु कसैको संगल्नता नभएको समेत प्रहरीलाई दिएको बयानमा उल्लेख गरेकी छिन् ।
मृत भेटिएका दाङका कृष्णबहादुर बोहराको हत्या गरेर सुटकेशमा शव फाल्ने कल्पना शव बरामद भएको दिनमा एम्बुलेन्स चढेर चितवन पुगे लगत्तै प्रहरीले पक्राउ गरेको छ । कल्पनालाई चितवन लैजाने एम्बुलेन्सका चालक तथा कल्पनाकी छोरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ । कल्पनाकी छोरीले १० कक्षामा अध्ययन गर्दै आएको र उनले शव फाल्ने काममा आमालाई सहयोग गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतक कृष्ण बिगत ८ महिनादेखि होटलमा बस्दै आएको र कल्पनासँग फेसबुकमार्फत चिनाजानी भएर निकटता बढेसँगै सो रात उनीहरु एउटै कोठामा बसेको अनुसन्धानबाट निश्कर्ष निकालेको छ ।

Related Articles

Back to top button
Close