News

कोरोनाबाट कपिलवस्तुका एक जनाको बुटवलमा मृत्यु

कपिलवस्तु : कोरोना संक्रमणबाट कपिलवस्तु नगरपालिका-२ जमुवार टोलका ४२ वर्षीय कृष्णकुमार अग्रहरीको मृत्यु भएको छ। अधिक ज्वरो, रुघाखोकी र स्वासप्रश्वासमा समस्या हुन थालेपछि थप उपचारका लागि बुटवल धागो कारखानास्थित कोरोना अस्पतालमा उपचाररत अग्रहरीको आज बिहान मृत्यु भएको कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले जानकारी दिए।

मृतक अग्रहरी एक हप्ताअघिदेखि बुटवलस्थित कोरोना अस्पतालमा उपचार हुँदै आएको थियो। जिल्लामा थप ३ जना कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि १ जनाको काठमाडौं र २ जनाको बुटवलमा उपचार भइरहेको छ।

Related Articles

Back to top button
Close