News

जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु

काठमाण्डाै – देशका विभिन्न अस्पतालमा थप ४ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । ललितपुर, मोरङ, रुपन्देही र सप्तरीमा गरी तीन पुरुष र एक महिलाको राति ज्यान गएको हो ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया महिलाको ज्यान गएको अस्पतालले जनाएको छ । गएको साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति ज्यान गएको हो ।

यस्तै बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु २ तौलिहवाका ४२ वर्षीय र कपिलवस्तु कृष्णनगरका २५ वर्षका दुई पुरुषको उपचारको क्रममा राती ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो ।

ज्यान गुमाएका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भए पनि २५ वर्षका पुरुषको भने रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ । यसैगरी सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बुढिगंगाा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ ।

यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ छातापुर घर भई राजविराज वडा नम्बर ६ मा बस्दै आएका ८० वर्षका वृद्धको ज्यान गएको छ । कोरोनाको लक्षण देखिए पनि एक हप्तादेखि घरमै बसेका उहाँको राति गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लैजाने क्रममा एम्बुलेन्समै ज्यान गएको हो । उहाँको ज्यान गएपछि मात्रै कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिनुभएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।

अहिलेसम्म ४ लाख ६२ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २३ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये १६ हजार ६ सय ६४ जना निको भएका र ७ हजार २ सय १ जना आइसोलेशनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।

Related Articles

Back to top button
Close