News

कोरोनाले गम्भीर रुप लियो, एकैदिन ७ जनाको ज्यान गयो नेपालमा मृत्यु हुनेको संख्या ९१ पुग्यो

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ।

पछिल्लो पछिल्लो २४ घण्टामा नेपालमा आठ जनाको कोरोनाकै कारण मृत्यु पुष्टि भएको हो। योसँगै कोरोनाले ज्यान गुमाउनको संख्या ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या सात हजार ६ सय १३ रहेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको छ।

अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ७२८ पुगेको छ। पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्याले २४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या सात हजार ६ सय १३ रहेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको छ।

अहिलेसम्म कोरोना जित्नेको संख्या १६ हजार ७२८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको यो संख्या कुल संक्रमितमध्ये ६८.४ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

मृतकको संख्या ९१ पुगेको छ । मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन् । अहिले क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन् ।

नेपालमा १८३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । साउन २८, काठमाडौँ । नेपालमा लकडाउन अन्त्य गरिएसँगै कोरोना संक्रमण र मृत्युदर बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टाभित्रै नेपालमा कोरोना भाइरस संक्रमणका कारण सात जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टाभित्र ललितपुरमा चार जना, मोरङ, रुपन्देही र सप्तरीमा एक–एक जनाको कोरोनाका कारण ज्यान गएको छ ।

पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा उपचार गराइरहेका जनकपुरकै ७१ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख, डाक्टर खगेश्वर गेलालले जानकारी दिएका छन् ।

यस्तै ललितपुरको किस्ट अस्पतालको आईसीयूमा उपचाररत बाराको कलैयाका ७५ वर्षीय पुरुष र टेकुकी ७८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिएका छन् । उनीहरुले त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटर नपाएपछि उपचारका लागि किस्टमा ल्याएपछि उपचारको क्रममा मृत्यु भएको उनले बताएका छन् ।

त्यसै गरी बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका–२ तौलिहवाका ४२ वर्षीय र कपिलवस्तु कृष्णनगरका २५ वर्षीय दुई पुरुषको उपचारको क्रममा मङ्गलबार राति मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले जानकारी दिएका छन् । ज्यान गुमाएका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको र २५ वर्षीय युवकको परीक्षण रिपोर्ट आउँन बाँकी रहेको अस्पतालले बताएको छ ।

यस्तै सुनसरीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा मोरङको बूढीगंगा गाउँपालिका–२ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ छातापुर घर भई राजविराज नगरपालिका–६ मा बस्दै आएका ८० वर्षीय वृद्धको पनि मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९० पुगेको छ ।

लकडाउन खुलेपछि उपत्यकामा मात्र थपिए ९८६ संक्रमित

यता काठमाडौं उपत्यकामा लकडाउन खुलेपछि कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार लकडाउन खुल्नुभन्दा अघि साउन ७ गतेसम्म काठमाडौंका तीन वटै जिल्लामा संक्रमितको संख्या ३२८ थियो ।

तर लकडाउन खुलेपछिका २० दिनको अवधिमा ९८६ जना संक्रमित थपिएका छन् । लकडाउनपछि थपिएका संक्रमित लकडाउन भन्दा अघिको तीन गुणा बढी हो । लकडाउन अघि र लकडाउनपछि थपिएका संक्रमितसहित उपत्यकामा १ हजार ३१४ जनामा संक्रमण देखिएको छ । यीमध्ये सक्रिय संक्रमितको संख्या एक हजार १२२ छ । स्रोत : हिमालपाेष्ट

Related Articles

Back to top button
Close