News

नेपाल फर्किन टिकट लिएर तयारी अबस्थामा रहेका एक नेपाली युवाको मृ त्यु,

कुर्दिस्तान। वैदेशिक रोजगारीको लागि इराकको कुर्दिस्तान आएका एक नेपाली युवाको मृ त्यु भएको छ। कुर्दिस्तान सुलेमानीको फेमिली मलमा कार्यरत दोलखाका ३२ वर्षीय प्रदीप दाहालको मंगलबार मृ त्यु भएको हो। उनी नेपाल फर्किने तयारीमा थिए। उनले टिकट पनि लिइसकेका थिए।

मृ तक दाहाल बिगत पाँच महिनादेखि बिरामी परेका थिए। उनमा खुट्टा सु न्निने, ज्वरो आउने र शरिर काम्ने जस्ता समस्या देखिएको थियो। बिरामी परेपछि उनी यसअघि नै नेपाल फर्किन चाहेका थिए। तर, ल कडानका कारण अन्तर्राष्ट्रिय हवाइ उडान ब न्दभएपछि उनी लामो समयदेखि कुर्दिस्तानमै बस्न बाध्य थिए।

उनको सुलेमानी सार हस्पिटलमा उपचार भइरहेको थियो। पछि उनलाई त्यहाँबाट हिवा हस्पिटलमा रिफर गरिएको थियो। उनको उपचारकै क्रममा हिवा हस्पिटलमा मंगलबार बिहानको समयमा मृ त्यु भएको हो।

मृ तक दाहालले आउँदो १६ अगष्टमा नेपाल फर्किनको लागि फ्लाई दुबईको टिकट काटिसकेका थिए। उनले आफू एक्लै नेपाल फर्किन गाह्रो हुने भएकोले एक जना साथि खोजीदिन पनि आग्रह गरेका थिए। दाहालले गएको २८ जुलाइसम्म कम्पनीमा काम गरेका थिए।तुफान न्युजबाट

Related Articles

Back to top button
Close