News
कोरोनाको महामारी बढेसँगै भोलीदेखि ‘लकडाउन’
बुटवल । काठमाडौँ उपत्यका लगायत देशभर कोरोना संक्रमणको दर ह्वात्तै बढेका बेला बुटवल उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको छ ।
उपमहानगरको आज बसेको आकस्मिक बैठकले कडाइका साथ लकडाउन गर्ने निर्णय गरेसँगै थप कडाइ हुने भएको हो । यसअघि लकडाउन खुलेसँगै भिडभाड बढेको, मानिसहरुले निर्धक्क आवतजावत गर्दै सामान्य सतर्कता पनि अपनाउन छाडेपछि उपमहानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यका अनुसार अब । लकडाउनका क्रममा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिनेछ ।