News

कालिकोटको महाबैमा पहिरो, वडा सदस्यको घर पुरिँदा ६ जनाको मृ’त्यु

कालिकोटको महाबैमा पहिरो, वडा सदस्यको घर पुरिँदा ६ जनाको मृ’त्यु
588
SHARES
कालिकोटको महाबैमा पहिरो, वडा सदस्यको घर पुरिँदा ६ जनाको मृ’त्यु
३० साउन, काठमाडौं । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृ’त्यु भएको छ ।गएराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृ’त्यु भएको हो ।

पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृ’त्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए। स्वकीय सचिव सिंहले आफू घटनास्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिए।

जिल्ला प्र’हरी कार्यालय कालिकोटले भने मृ’त्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।

Related Articles

Back to top button
Close