News

व्यापारीमा कोरोना पुष्टि भएपछि काठमाडौको मुख्य बजार भदौ ७ गते सम्मका लागि सिल

काठमाडौं । काठमाडौको मुख्य ब्यापारीक क्षेत्रमा एक जना व्यापारीमा कोरोन पुष्टि भएपछि भदौ ७ गते सम्मका लागि वजार सिल गरिएको छ । काठमाडौको मुख्य व्यापारीक क्षेत्र न्युरोड देखि विशालबजार चोक सम्म वजार सिल गरिएको हो ।

वडाध्यक्षले एक सूचना जारी गर्दै वजार सिल गर्न र त्यसमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । अहिले ति क्षेत्रका सबै पसल ब्यवसाय बन्द छन् । आवागमन पनि बन्द गरिएको छ । टोलमा बाहिरवाट कसैलाई प्रवेश दिइएको छैन । काठमाडौं महानगरपालिका वडा २४ मा पर्ने उक्त क्षेत्र आजबाट भदौ ७ गतेसम्मका लागि बन्द गर्न वडाले अनुरोध गरेको हो ।

ुन्युरोड क्षेत्रमा कोरोना नियन्त्रण गर्नुपर्ने अति आवश्यक देखिएको हुँदा उक्त क्षेत्रमा मिति २०७७ साउन ३० देखि भदौ ७ गतेसम्म जुद्ध सालिकदेखि इन्द्रचोकसम्म पसल व्यवसाय बन्द गरी कोरोना संक्रमण फैलिनबाट बच्नका लागि सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ,’ वडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

वडाध्यक्ष बालकृष्ण श्रेष्ठले कोरोना नियन्त्रणका लागि सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । उनको आग्रहमा सो क्षेत्रका ब्यवसायीले सबै पसल बन्द गरेका छन् । कोरोना समुदायस्तरमा फैलिएको भन्दै काठमाडौं महानगरपालिकाको वडा नम्बर १४ पनि सिल गरिएको छ। त्यहाँ कोरोनाका ३५ संक्रमित फेला परेपछि बिहीबारदेखि लागू हुने गरी कलंकी, कुलेश्वर, बल्खुलगायत १४ वडाभित्र पर्ने सबै स्थान सिल गरिएको वडा कार्यालयले जनाएको हो।

कोरोना भा,इरस घर, टोल र बस्तीमा समेत देखिन थालेकाले १५ दिनका लागि १४ नम्बर वडा क्षेत्र सिल गरिएको वडाध्यक्ष शोभा सापकोटाले बताइन्।

वडा क्षेत्रभित्र अत्यावश्यक बाहेक सबै सेवा १५ दिनका लागि बन्द गरिएको छ। फुटपाथ र ठेलागाढा व्यवसायसमेत बन्द गरिएको कार्यालयले जनाएको छ। त्यस्तै फलफूल, तरकारीलगायत पसलको हकमा बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खुल्ला गर्न कार्यालयले निर्देशन दिएको छ।औषधि, खाद्यान्न, खुद्रा व्यवसायको हकमा सामाजिक दूरी कायम गरी व्यवसाय सञ्चालन गर्न अनुरोध गरिएको छ।

यता कोटेश्वरमा पनि किराना पसल सञ्चालन गर्नेलाई कोरोना पुष्टि भएपछि सिल गरिएको छ । सुरुमा ४ किराना पसलेमा देखिएको कोरोना उनीहरुको सम्पर्कमा आएकाहरुलाई परिक्षण गर्दा त्यो संख्या बढेर १८ पुगेको थियो । यति धेरै संख्यामा कोरोना पुष्टि भएपछि बस्ती सिल गरिएको हो ।

Related Articles

Back to top button
Close