News

आयो खुशीको खबर, साढे दुई वर्षीया बालिका सहित २८ जनाले कोरोनालाई जितेर घर फर्किए

वीरगन्ज – वीरगन्जको कोरोना अस्पतालबाट २८ जनाले कोरोनालाई जितेर घर फर्केका छन् ।साढे दुई वर्षीया बालिका र ६ महिलासहित २८ जना कोरोनालाई जितेर घर फर्केका हुन् । डिस्चार्ज हुनेमा वीरगन्ज महानगरपालिका ११ श्रीपुरका १२ जना रहेका छन् ।

वीरगन्ज २५ सिर्सियाका ६ जना डिस्चार्ज भएका छन् । यसैगरि पर्साको सखुवा प्रसौनी गाउँपालिकाका ३ जना रहेको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए ।

त्यस्तै बाराको आदर्श कोतवाल– ६ का एकना डिस्चार्ज भएका हुन् ।अन्य डिस्चार्ज हुनेमा वीरगन्ज २२ मनियारी, वीरगन्ज १० घडिअर्वा, , नगवा, प्रतिमा चौकका बासिन्दा रहेका छन् ।

Related Articles

Back to top button
Close